आइतबार, असोज ३ २०७८

विश्वकप लिग २: नेपालले टस जित्यो, ओमानसँगको खेलमा पहिले ब्याटिङ गर्दै


  • नेपालदीप
  • मंगलबार, भाद्र २९ २०७८
437
SHARES

काठमाडौँ। आईसीसी विश्व कप क्रिकेट लिग–२ अन्तर्गत त्रिदेशीय एकदिवसीय शृङ्खलामा नेपालले पुरुष क्रिकेट टोलीले ओमानसँगको खेलमा टस जितेको छ ।

टस जितेको नेपालले पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ । अहिले सवार ४ मा ओमानको अल अमिरात क्रिकेट मैदानमा यी दुईबीचको खेल सुरु हुनेछ ।

नेपालले आजको खेलमा हिजो अमेरिकासँगको खेलेको टोलीलाई नै निरन्तरता दिएको छ । हिजो अमेरिकालाई हराएको नेपाल आजको खेलमा उच्च मनोबलका साथ प्रस्तुत हुनेछ ।

लिगमा नेपाल पाँच खेलमा ६ अङ्क जोडर छैटौँ स्थानमा छ । ओमान १० खेलमा १६ अङ्क जोडेर शीर्ष स्थानमा र १३ खेलमा १२ अङ्क जोडेको अमेरिका दोस्रो स्थानमा रहेको छ ।

प्रतियाेगिताअन्तर्गत नेपालले तेस्रो खेलमा अमेरिकासँग आउँदो शुक्रवार खेल्नेछ भने आइतवार ओमानसँग खेल्ने छ ।

नेपालदीपमा प्रकाशित सामग्रीबारे तपाईको गुनासो, सुझाव तथा सुचना भए हामीलाई [email protected] मा पठाउनु होला ।

प्रतिक्रिया
सम्बन्धित समाचार

ताजा अपडेट