आइतबार, असोज ३ २०७८

माओवादी कार्यकर्तालाई ओलीको सुझाव: प्रचण्डका सम्धी, ससुरा, ज्वाइँको लागि बलिदान नहुनुस्


  • नेपालदीप
  • मंगलबार, भाद्र २९ २०७८
1.1K
SHARES

काठमाडौँ। नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले पुष्पकमल दाहाल ‘प्रचण्ड’ धोकेवाज नेता भएको आरोप लगाएका छन्। ओलीले प्रचण्डको पछाडि लागेर राजनीतिक जीवनको अन्त्य नगर्न नेकपा माओवादीका नेता कार्यकर्तालाई आग्रह पनि गरेका हुन्।

गृह जिल्ला झापामा जिल्लास्तरीय अगुवा कार्यकर्ता भेलालाई सम्बाधेन गर्दै, ‘प्रचण्ड राम्रो सम्धी, राम्रो ससुरा, राम्रो ज्वाइँ, राम्रो बाबु, राम्रो काका भए पनि बेइमान नेता हुन्। सबै हिसाबले राम्रो हुनुहुन्छ। एउटामात्र खराबी छ त्यो हो छट्टु नेता, धोकेबाज नेता हो।’

ओलीले प्रचण्डको पछि लागेर जिन्दगी बर्बाद नगर्न पनि माओवादी केन्द्रका नेता कार्यकर्तालाई आग्रह गरे। उनले भने, ‘प्रचण्डको पछि लागेर जिन्दगी बर्बाद नगर्न म माओवादी केन्द्रमा अहिलेसम्म अलमलमा पर्नुभएका साथीहरूलाई सहज हुन आग्रह गर्न चाहन्छु, देश बनाउन कसैका छोरी, ज्वाइँ, ससुराका लागि बलिदान नहुनुस्।’

ओलीले अबको चुनावबाट प्रचण्ड पत्तासाफ हुने कुरा स्वयम् प्रचण्डले स्वीकारेकोमा आफूलाई खुशी लागेको बताए। उनले भने, ‘प्रचण्डजीले कुनै एउटा कार्यक्रममा सही कुरा मुखबाट प्वाक्क निकाल्नुभएछ। हामीले त वडामा पनि जित्न हम्मेहम्मे पर्ला जस्तो हुन्छ पो भन्नुभएछ। उहाँले चुनावअघि नै राम्ररी कुरा बुझेको देखेर मलाई खुसी लाग्यो।’

ओलीले विभिन्न तहका माओवादी नेताहरू अहिले पनि एमालेमै रहेको भन्दै प्रचण्ड गुटमात्र बाहिरिएको दावी गरे। उनले झापाका केही माओवादी नेताहरुलाई एमालेमा प्रवेश गराउँदै प्रचण्डको भ्रमबाट मुक्त भएर एमालेमा एकताबद्ध हुन आह्वान गरे।’

ओलीले भने, ‘प्रचण्डले लिएर गएको माधव गुटमात्र हो,अरु सबै साथी हामीसँगै छन्। एमाले कानूनी र ऐतिहासिक कुरा हो। प्रचण्डले पचण्ड गुट लिएर गएका हुन्। माओवादी केन्द्र लिएर गएको भनेको कानूनी रुपमा मात्र हो,राजनीतिकरूपमा होइन।’

एमाले अध्यक्ष ओलीले पार्टीबाट छुट्टिएर गएका माधवकुमार नेपालको पार्टीले चुनावमा पालिकाको वडा सदस्यसमेत नजित्ने ठोकुवा गरे।

नेपालदीपमा प्रकाशित सामग्रीबारे तपाईको गुनासो, सुझाव तथा सुचना भए हामीलाई [email protected] मा पठाउनु होला ।

प्रतिक्रिया
सम्बन्धित समाचार

ताजा अपडेट