आइतबार, असोज ३ २०७८

आज देशभर थपिए १५६२ जना कोरोनाका नयाँ संक्रमित, १९ को मृत्यु


  • नेपालदीप
  • मंगलबार, भाद्र २९ २०७८
494
SHARES

काठमाडौं। पछिल्लो २४ घण्टामा देशभर १५६२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कुल १४ हजार ४४३ जनाको नमुना परीक्षण गर्दा १,५६२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।

यसैगरी पछिल्लो २४ घण्टामा १ हजार ५८९ जना कोरोनामुक्त भएका छन् भने थप १९ जनाको संक्रमणका कारण मृत्यु भएको छ।

यस्तै, काठमाडौं उपत्यकामा ४०४ कोरोना संक्रमित थपिएका छन्।

काठमाडौंका २९४, ललितपुरका ६२ र भक्तपुरमा ४८ जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ।

 

नेपालदीपमा प्रकाशित सामग्रीबारे तपाईको गुनासो, सुझाव तथा सुचना भए हामीलाई [email protected] मा पठाउनु होला ।

प्रतिक्रिया
सम्बन्धित समाचार

ताजा अपडेट