आइतबार, असोज ३ २०७८

नेपाली सेनाको टोलीद्वारा १०३ किलो गाँजासहित एक युवक पक्राउ


  • नेपालदीप
  • मंगलबार, भाद्र २९ २०७८
2.1K
SHARES

काठमाडौं। नेपाली सेनाको एलआरपी टोलीले एक सय तीन किलो गाँजासहित पर्साबाट एक युवकलाई पक्राउ गरेको छ ।

पर्सा राष्ट्रिय निकुञ्ज सुरक्षार्थ तैनाथ सेनाको सिद्धिबक्स गणको टोलीले २८ भदौमा हेटौंडा–३ हाँडीखोलाका २८ वर्षीय बुद्धबहादुर ब्लोनलाई पक्राउ गरेको हो ।

उनको साथबाट एक सय तीन किलो ९२ ग्राम गाँजा, दुईथान मोबाइल सेट र दुईवटा झोला बरामद गरिएको सेनाले जनाएको छ ।

नेपालदीपमा प्रकाशित सामग्रीबारे तपाईको गुनासो, सुझाव तथा सुचना भए हामीलाई [email protected] मा पठाउनु होला ।

प्रतिक्रिया
सम्बन्धित समाचार

ताजा अपडेट