बिहिबार, कार्तिक ११ २०७८

रामेछापमा जीप दुर्घटना, तीन जनाको ज्यान गयो


  • नेपालदीप
  • बिहिबार, भाद्र ३१ २०७८
1.1K
SHARES

रामेछाप। रामेछापमा जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ ।

काठमाडौंबाट ओखलढुंगा जाँदै गरेको प्रदेश नम्बर ३ –०१–०२३–च–३५१३ नम्बरको जिप रामेछापको मन्थली नगरपालिका वडा नम्बर ६ हात्तिसारमा दुर्घटनामा परेको हो। दुर्घटनामा एक बालक घाइते भएका छन् ।

दुर्घटनामा ओखलढुंगा घर भएका अन्दाजी ३५ वर्षीय लाक्पा शेर्पा र उनकी श्रीमती फुरूबाको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।

प्रहरीका अनुसार दुर्घटनामा मृत्यु भएका अर्का एक जनाको परियच खुलेको छैन।

नेपालदीपमा प्रकाशित सामग्रीबारे तपाईको गुनासो, सुझाव तथा सुचना भए हामीलाई [email protected] मा पठाउनु होला ।

प्रतिक्रिया
सम्बन्धित समाचार

ताजा अपडेट