बिहिबार, कार्तिक ११ २०७८

सिन्धुलीमा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको ज्यान गयो


  • नेपालदीप
  • बिहिबार, भाद्र ३१ २०७८
1.1K
SHARES

सिन्धुली। सिन्धुलीको मूलकोटमा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको घटनास्थलमै मृत्यु भएको छ।

सर्लाहीबाट काठमाडौं आउँदै गरेको प्र २–०३–०१४ प ३४८९ नम्बरको मोटरसाइकल सुनकोसी गाउँपालिका–५ मुलकोटस्थित बिपी राजमार्गमा अनियन्त्रित भई दुर्घटना हुँदा चालकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धलीले जनाएको छ।

मृत्यु हुनेमा सर्लाही संग्रामपुर गाउँपालिका–२ का २६ वर्षीय अजमद अन्सारी रहेको प्रहरीले जनाएको छ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

नेपालदीपमा प्रकाशित सामग्रीबारे तपाईको गुनासो, सुझाव तथा सुचना भए हामीलाई [email protected] मा पठाउनु होला ।

प्रतिक्रिया
सम्बन्धित समाचार

ताजा अपडेट