बिहिबार, कार्तिक ११ २०७८

देशभर थपिए १,५११ कोरोना संक्रमित, ११ को मृत्यु


  • नेपालदीप
  • बिहिबार, भाद्र ३१ २०७८
874
SHARES

काठमाडौं। पछिल्लो २४ घन्टामा देशभरिमा १,५११ जना कोरोना संक्रमित थपिएका छन्।

११,२०८ जनामा गरिएको पिसिआर परीक्षणबाट १,१६५ र ३,९७१ जनामा गरिएको एन्टिजेन परीक्षणबाट ३४६ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

अहिलेसम्म देशभरिमा पिसिआर परीक्षणबाट ७,८१,९८९ जनामा र एन्टिजेन परीक्षणबाट ८८,१८७ जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ।

मन्त्रालया अनुसार सोही अवधिमा १,६८९ जना कोरोना संक्रमणबाट मुक्त भएका छन्। योसहित अहिलेसम्म निको हुनेको संख्या ७,४५,२१५ पुगेको छ।

पछिल्लो २४ घन्टामा कोरोना संक्रमणबाट ११ जनाको मृत्यु भएको छ। थपिएका सहित अहिलेसम्म मृत्युहुनेको संख्या ११,००२ पुगेको छ।

अहिले देशभरिमा २५,७७२ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ।

नेपालदीपमा प्रकाशित सामग्रीबारे तपाईको गुनासो, सुझाव तथा सुचना भए हामीलाई [email protected] मा पठाउनु होला ।

प्रतिक्रिया
सम्बन्धित समाचार

ताजा अपडेट