बिहिबार, कार्तिक ११ २०७८

भेरोसेलको ४४ लाख डाेज खोप लिन निगमकाे जहाज आज राति चीन जाँदै


  • नेपालदीप
  • बिहिबार, भाद्र ३१ २०७८
1.6K
SHARES

काठमाडौँ। सरकारले चीनबाट खरिद गरेको ४४ लाख डाेज भेरोसेल खोप ल्याउन आज बिहीवार राति नेपाल वायु सेवा निगमको वाइडबडी विमान चीन जाने भएको छ ।

सरकारले खरिद गरेकाे खाेप भाेलि चीनबाट ल्याइने स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव डा. रोशन पोखरेलले जानकारी दिएका छन्  । सरकारले ६० लाख डाेज खरिद गरेकामा यसअघि १६ लाख डाेज खोप नेपाल आइसकेको छ ।

निगमका महाप्रबन्धक डिमप्रकाश पौडेलले खोप लिनका लागि आज राति ११ बजे वाइडबडी विमान चीन जाने बताए  । उनका अनुसार भोलि दिउँसो २ बजे खोप लिएर जहाज नेपाल आउने छ ।

नेपालमा अहिलेसम्म एक करोड ३३ लाख डाेज खोप आइसकेको छ । सरकारले असोज मसान्तसम्म एक करोड डाेज थप खोप ल्याउने तयारी रहेको छ ।

नेपालदीपमा प्रकाशित सामग्रीबारे तपाईको गुनासो, सुझाव तथा सुचना भए हामीलाई [email protected] मा पठाउनु होला ।

प्रतिक्रिया
सम्बन्धित समाचार

ताजा अपडेट