बिहिबार, कार्तिक ११ २०७८

काठमाडौँ उपत्यकामा थप ४३० जनामा संक्रमण पुष्टि


  • नेपालदीप
  • बिहिबार, भाद्र ३१ २०७८
1.7K
SHARES

काठमाडौं। काठमाडौं उपत्यकामा पछिल्लो २४ घन्टामा ४३० जना कोरोना संक्रमित थपिएका छन्।

तीमध्ये काठमाडौंका २९३, ललितपुरका ९८ र भक्तपुरमा ३९ जना रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार काठमाडौं उपत्यकामा ६,४७० जना सक्रिय संक्रमित छन्। तीमध्ये काठमाडौंमा ३,५९०, भक्तपुरमा १,०५८ र ललितपुरमा १,८२२ सक्रिय संक्रमित छन्।

नेपालदीपमा प्रकाशित सामग्रीबारे तपाईको गुनासो, सुझाव तथा सुचना भए हामीलाई [email protected] मा पठाउनु होला ।

प्रतिक्रिया
सम्बन्धित समाचार

ताजा अपडेट