बिहिबार, कार्तिक ११ २०७८

देउवा, प्रचण्ड र नेपाललाई भेटेर बाबुराम भट्टराईले दिए एमसिसी पारित गर्न सुझाब


  • नेपालदीप
  • बिहिबार, भाद्र ३१ २०७८
2.4K
SHARES

पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा, पूर्वप्रधानमन्त्रीद्वय माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल लाई भेटेर पाँच सुझाब दिएका छन् ।

यस्ता छन् भट्टराईका सुझाब
१. अध्यादेशको विषय छिटो छिनोफानो गरेर सरकारलाई छिटोभन्दा छिटो पूर्णता दिने
२. राष्ट्रिय सहमति कायम गरी एमसिसी पारित गर्ने
३. प्रतिपक्षीसँग छलफल गरेर बजेट पास हुने वातावरण बनाउने
४. गठबन्धनका सबै प्रमुख दल र दलका शीर्ष नेताहरूले राष्ट्रिय सहमति कायम गरी अहिलेको गठबन्धनलाई संसद्को पूर्ण कार्यकाल र चुनावसम्म नै लैजाने वातावरण बनाउन सबै जिम्मेवार हुनुपर्ने
५. जनचासो र जनहितका सामाजिक मुद्दाहरूलाई प्राथमिकतामा राखेर गठबन्धनका राजनीतिक पार्टीहरू र सरकारले समन्वय गरी समाधान खोज्नतिर लाग्नुपर्ने

नेपालदीपमा प्रकाशित सामग्रीबारे तपाईको गुनासो, सुझाव तथा सुचना भए हामीलाई nepaldeep.co[email protected] मा पठाउनु होला ।

प्रतिक्रिया
सम्बन्धित समाचार

ताजा अपडेट