बुधबार, मंसिर १५ २०७८

आजदेखि त्रिवि अन्तर्गतका सबै कलेज भौतिक उपस्थितिमै सञ्चालन !



  • नेपालदीप
  • शुक्रबार, असोज १ २०७८
1.6K
SHARES

काठमाडौँ। आज देखि  शुक्रवारदेखि त्रिभुवन विश्वविद्यालय अन्तर्गतका सम्बन्धन प्राप्त सबै कलेजमा भौतिक उपस्थितिमै कक्षा सञ्चालन हुने भएको छ ।

कोरोना महामारीको सम्भावित जोखिमबाट बच्न विशेष सर्तकता अपनाइ भौतिक उपस्थितिमै कक्षा सञ्चालन गरिने त्रिविका सूचना तथा जनसम्पर्क महाशाखा प्रमुख योगेन्द्रप्रसाद दाहालले बताएका छन्  । गएको भदौ २७ गते बसेको त्रिवि कार्यकारी परिषद्को बैठकले सर्तकता अपनाउँदै भौतिक उपस्थितिमा कक्षा सञ्चालन गर्ने निर्णय गरेको प्रमुख दाहालको भनाइ छ ।

पालिकाले तोकेको समय सीमा र मापदण्डभित्र रहेर त्रिवि अन्तर्गतका कलेज सञ्चालन गरिने जनाइएकाे छ । यसअघि महामारीको जोखिमलाई ध्यानमा राख्दै अनलाइन कक्षा सञ्चालन भइरहेको थियो । अहिले नेपालमा त्रिविकाे सम्बन्धन प्राप्त क्याम्पस एक हजार चार सय २५ वटा छन् जसमा एक सय ३७ आङ्गिक, पाँच सय आठ सामुदायिक र सात सय ८० निजी क्याम्पस सञ्चालनमा छन् ।

 

 

नेपालदीपमा प्रकाशित सामग्रीबारे तपाईको गुनासो, सुझाव तथा सुचना भए हामीलाई [email protected] मा पठाउनु होला ।

प्रतिक्रिया
सम्बन्धित समाचार

ताजा अपडेट