बिहिबार, कार्तिक ११ २०७८

इमान्दारका साथ आफ्नो कर्तव्य निर्वाह गर्ने २४ ट्राफिक प्रहरी सम्मानित


  • नेपालदीप
  • शुक्रबार, असोज १ २०७८
1.2K
SHARES

काठमाडौं। महानगरीय ट्राफिक प्रहरी महाशाखाले आर्थिक प्रलोभनमा नपरी कर्तव्य निर्वाह गर्ने २४ जना ट्राफिक प्रहरीलाई सम्मान गरेको छ।

नियमानुसार ट्राफिक कारबाही गर्ने क्रममा आर्थिक प्रलोभनमा पार्न खोज्ने चालकहरुको प्रलोभनमा नपरी आफ्नो जिम्मेवारी निर्बाह गर्ने प्रहरी निरीक्षकसहित २४ जना ट्राफिक प्रहरीलाई एक कार्यक्रमका बीच पुरस्कृत एव सम्मान गरिएको हो।

प्रहरी सङ्गठनले अख्तियार गरेको आर्थिक शून्य सहनशीलतालाई अक्षरशः पालना गर्ने र ट्राफिक नियम उल्लङ्घन गर्ने चालकहरूको प्रलोभनमा नपरी काम गर्ने ट्राफिकलाई सम्मान गर्दै त्यस्ता चालकहरुलाई कानुन अनुसार मुद्दा चलाइएको महाशाखा प्रमुख एसएसपी जनक भट्टराईले बताए।

नगद पुरस्कृत तथा प्रशंसापत्र सहित सम्मानित हुनेहरु प्रहरी निरीक्षक रवीन्द्र कुमार श्रेष्ठ सहित प्रहरी हवल्दार उमेश राम, लक्ष्मण यादव साथै प्रहरी जवानहरु किसान चन्द्र गौतम, धनबिर जिसी, सबिना लम्जेल, प्रकाश थापा, निरज थापा, हिक्मत रावल, सन्तोष धमला छन्।

सम्मानित हुने अन्यमा प्रहरी नायब निरीक्षक मिलनकुमार सिंह, प्रहरी हवल्दार ईश्वरसिंह धामी, भिमबहादुर बोहोरा, नगकुल गिरी, बिनोद गोतामे, सन्तोष कुमार साह, रामजि साह, प्रविन मोक्तान, दधिराम बिसी, प्रहरी जवान हरिबहादुर सुनार, कुमार कोइराला, सविना थापा मगर, महेश राज पनेरु, गुणाकर अवस्थी, अरुणबहादुर अधिकारी छन् ।

सम्मानित हुने सम्पूूर्ण ट्राफिक प्रहरीलाई महाशाखा प्रमुख एसएसपी जनक भट्टराईले प्रशंसापत्र सहित खादा ओढायर सम्मान गरेको महाशाखाले जनाएको छ ।

गत आवमा घुस दिई प्रलोभनमा १ सय ६६ जना चालक पक्राउ यस आवमा घुसबापत ९० हजार १५५ दिई आर्थिक प्रलोभनमा पार्न खोज्ने १ सय ६५ जना सवारी चालकलाई पक्राउ गरी कानुुनी दायरामा ल्याउने ९३ जना प्रहरी कर्मचारीलाई महाशाखाले पुरस्कार एव प्रशंसापत्रद्वारा सम्मान गरेको थियो।

नेपालदीपमा प्रकाशित सामग्रीबारे तपाईको गुनासो, सुझाव तथा सुचना भए हामीलाई [email protected] मा पठाउनु होला ।

प्रतिक्रिया
सम्बन्धित समाचार

ताजा अपडेट