बिहिबार, कार्तिक ११ २०७८

काठमाडौँ उपत्यकामा थपिए ३ सय ९७ जना कोरोना संक्रमित


  • नेपालदीप
  • शुक्रबार, असोज १ २०७८
1.3K
SHARES

काठमाडौं। पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ३ सय ९७ जना कोरोना संक्रमित थपिएका छन्।

तीमध्ये काठमाडौंमा २ सय ७४, भक्तपुरमा ५३ र ललितपुरमा ७० जना रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार पछिल्लोचोटि थपिएका सहित उपत्यकामा सक्रिय संक्रमितको संख्या ६ हजार ४ सय ४४ पुगेको छ।

तीमध्ये काठमाडौंमा ३ हजार ५ सय ५२, भक्तपुरमा १ हजार ६८ र ललितपुरमा १ हजार ८ सय २४ सक्रिय संक्रमित छन्।

नेपालदीपमा प्रकाशित सामग्रीबारे तपाईको गुनासो, सुझाव तथा सुचना भए हामीलाई [email protected] मा पठाउनु होला ।

प्रतिक्रिया
सम्बन्धित समाचार

ताजा अपडेट