बिहिबार, कार्तिक ११ २०७८

साझा उम्मेदवारको सम्भावना अझै सकिएको छैनः प्रकाशमान सिंह


  • नेपालदीप
  • शनिबार, असोज २ २०७८
1.7K
SHARES

काठमाडौँ। नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले १४ औँ महाधिवेशनमा आफू सभापतिको उम्मेदवारीबाट पछाडि नहट्ने बताएका छन्। गणेशमान सिंहको २५ औँ स्मृति दिवसमा आयोजित कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन्।

गणेशमान सिंह फाउन्डेसन्ले शोभाभगवतीमा आयोजना गरेको कार्यक्रममा नेता सिंहले कांग्रेस सँस्थापनइतर समूहबाट साझा उम्मेदवारको सम्भावना अझै टरिनसकेको बताए। ‘साझा उम्मेदवारको सम्भावना अझै सकिएको छैन। त्यसका लागि निरन्तर छलफल भइरहेको छ,’उनले भने, ‘१४औँ महाधिवेशनमा मेरो उम्मेदवारी सभापतिमा हुनेछ। सभापतिका उम्मेदवारीबाट म पछि हट्ने छैन।’

१३ औं महाधिवेशनमा वरिष्ठ नेता रामचन्द्र पौडेल र महामन्त्री डा शशांक कोइरालालाई अवसर दिएको उनको भनाई थियो। अरुको नाममा सहमति जुटेमा सभापतिको दाबीबाट पछि हट्नुहुन्छ त? भन्ने प्रश्नमा प्रकाशमानको जवाफ थियो, ‘जस्टिफिकेसन हुनुपर्‍यो नि त। गत महाधिवेशनमा रामचन्द्र दाईलाई छाडेकै हो। म पहिलो निर्वाचित महामन्त्री हो। महामन्त्रीमा डा शशांकलाई छाडेको हु। बीपीको छोरो डा शशांकले इच्छा देखाउनुभयो भनेपछि कन्भिन्स भएर त्यहाँ नबसेर स्टेप डाउन भएँ। अनि केन्द्रीय सदस्यमा गएको हो नि।’

नेता सिंहले गठबन्धनमा भएका दलहरुबीच कुरा मिल्न नसक्दा मन्त्रिपरिषद् विस्तारमा ढिलाई भएको भन्दै छिटै सरकारले पूर्णता पाउने बताए। कम्युनिष्टहरु असफल हुँदा कांग्रेसले सरकारको नेतृत्व गर्ने अवसरका पाएको उनको भनाइ थियो। कांग्रेस नेतृत्वको सरकारले जनताको भावनाअनुसार काम गर्नेमा उनले विश्वास व्यक्त गरे।

अर्को प्रसंगमा सिंहले महाधिवेशनबाट नेपाली जनताको भावना बुझ्ने सक्षम नेतृत्व आउने बताए। उनले पार्टीभित्र विवाद र अलोकतान्त्रिक गतिविधी बढीरहेको भन्दै विवाद भएका जिल्लामा विधि र विधानअनुसार समाधान गर्नुपर्ने बताए।

‘पार्टी भित्र विवाद र अलोकतान्त्रिक गतिविधी बढीरहेको छ। महाधिवेशन निष्पक्ष तबरले गर्नु पर्दछ। विवाद भएका जिल्लामा विधानअनुसार समाधान गर्न सभापतिलगायत सबै नेताहरु लाग्नुपर्छ,’ सिंहले भने।

नेपालदीपमा प्रकाशित सामग्रीबारे तपाईको गुनासो, सुझाव तथा सुचना भए हामीलाई [email protected] मा पठाउनु होला ।

प्रतिक्रिया
सम्बन्धित समाचार

ताजा अपडेट