बिहिबार, कार्तिक ११ २०७८

प्रचण्डलाई ‘कान समातेर’ एमालेमा फर्किन बस्नेतको आग्रह


  • नेपालदीप
  • शनिबार, असोज २ २०७८
1.4K
SHARES

काठमाडौं। नेकपा एमालेका युवा नेता महेश बस्नेतले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई नेकपा एमालेमा फर्किन आग्रह गरेका छन्। कम्युनिस्ट पार्टी नेताहरुकै स्वार्थले टुक्रिने गरेको भन्दै प्रचण्डलाई आफ्नो मोल हुँदै मूल पार्टीमा फर्किन बस्नेतले आग्रह गरेका हुन्।

बस्नेतले भने, ‘माओवादी केन्द्र प्रचण्डले भने जस्तै विघटन हुँदैछ ,पेशागकर्मी र मतदाताको स्तरमा विघटित भइसकेको छ। त्यो पंक्ति एमालेमा आबद्ध भइसकेको छ। गल्ती सच्याएर, कान समातेर एमालेमा आउनुस्, अझै पनि डिप्रिसियसन धेरै काटिएको छैन। नत्र जति ढिला गर्यो उति तपाई‌को सान्दर्भिकता सकिनेछ।’

बस्नेतले प्रचण्डले आफू विस्तारै एक्लै पर्न थालेको गुनासो गरेको भन्दै सेनाविहीन सेनापति बन्नु भन्दा पहिले नै गल्ती स्वीकार गरेर एमालेमा फर्किन आग्रह गरे।

नेपाल निजामति कर्मचारी संगठनको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै बस्नेतले कार्यकर्ता एकीकृत हुँदा स्वार्थको टकराब नहुने र पार्टी पनि बलियो हुने भएकाले प्रचण्ड–माधव निस्केपछि एमाले बलियो बन्दै गएको बताए।

बस्नेतले भने, ‘हामीले नेता मिलाएर एकता गर्न खोज्दा पार्टी मिलेन। यो एमाले नेकपा एकताको एमाले हो भन्ने कुरा यहाँ रामबहादुर थापा बादल कमरेडहरुको उपस्थितिले पुष्टि गरेको छ। निजामति कर्मचारीका प्रचण्ड पक्षमा रहेका ५१ प्रतिशत साथीहरु यहाँ जोडिनुभएको छ। अब तलैसम्म कार्यकर्ता मिलाउने हो।’

 

 

नेपालदीपमा प्रकाशित सामग्रीबारे तपाईको गुनासो, सुझाव तथा सुचना भए हामीलाई [email protected] मा पठाउनु होला ।

प्रतिक्रिया
सम्बन्धित समाचार

ताजा अपडेट