बिहिबार, कार्तिक ११ २०७८

हत्या आरोपीलाई पक्राउ गर्दा ५ प्रहरी घाइते: एकको आँखामा गम्भीर चोट, एकको दाँत भाचियो


  • नेपालदीप
  • शनिबार, असोज २ २०७८
3.8K
SHARES

काठमाडौँ। पूर्वी चितवनको राप्तीमा शुक्रबार राति एक पुरुषको हत्या भएको छ। लामाको हत्या आरोपी छिमेकी ५० वर्षीय दशरथ मल्ललाई नियन्त्रणमा लिने क्रममा प्रहरी र स्थानीयबीच झडप भएको थियो।

झडपमा प्रहरी निरीक्षक रोशन खड्कासहित पाँचजना प्रहरी र दुईजना स्थानीय घाइते भएका जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख एसपी ओम अधिकारीले बताए।

शुक्रबार राति ९:४५ बजे बाटोमा हिँडिरहेका लामालाई मल्लले रड प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको छ। पुरानो रिसिबीका कारण मदिरा सेवन गरी मल्लले लामाको हत्या गरेको जिल्ला प्रहरी प्रमुख एसपी अधिकारीले जानकारी दिए।

हत्या आरोपीलाई नियन्त्रणमा लिने क्रममा स्थानीयले ढुंगामुढा गरेपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले हवाई फायर र अश्रु ग्यास प्रहार गर्नुपरेको उनले बताएका छन्। घाइते प्रहरी निरीक्षक खड्काको आँखामा गम्भीर चोट लागेको छ। अन्यको अवस्था सामान्य रहेको प्रहरी उपरीक्षक अधिकारीले जानकारी दिए।

घाइते हुने अन्यमा जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी निरीक्षक श्याम बस्नेत पनि छन्। त्यस्तै, दंगा प्रहरी नियन्त्रण गण दरबन्दी भई थप जिल्ला प्रहरी कार्यालय चितवनमा थप टोली आएका प्रहरी जवान अनिल विक, प्रहरी जवान निकेश प्रजा, प्रहरी हवल्दार टेकेन्द्र राना घाइते भएका छन्। विकको दाँत भाँचिएको छ। स्थानीयबासी सुष्मा पुन र कुशल पुन पनि घाइते छन्। उनीहरूको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ।

त्यसक्रममा भीड नियन्त्रण गर्न प्रहरीले हवाई फायर पनि गरेको थियो। शव भरतपुर अस्पतालमा राखेर परीक्षण गरिँदैछ। रातभर तनावग्रस्त राप्तीको अवस्था अहिले सामान्य भएको छ।

नेपालखबर 

नेपालदीपमा प्रकाशित सामग्रीबारे तपाईको गुनासो, सुझाव तथा सुचना भए हामीलाई [email protected] मा पठाउनु होला ।

प्रतिक्रिया
सम्बन्धित समाचार

ताजा अपडेट