बिहिबार, कार्तिक ११ २०७८

इन्द्रजात्रा अवलोकन गर्न पूर्वयुवराजधीराज शाह हनुमान ढोकामा


  • नेपालदीप
  • शनिबार, असोज २ २०७८
5K
SHARES

काठमाडौँ। शनिबार देखि सुरु भएको इन्द्रजात्राको पहिलो दिन कुमारी पुजाको अवलोकन गर्न पूर्व युवराजधीराज पारस शाह काठमाडौँ दरबार क्षेत्र स्थित हनुमान ढोका पुगेका छन्। शनिबार अपरान्ह शाह हनुमान ढोकामा परिसरमा देखिएका हुन्।

काठमाडौंको वसन्तपुरमा शनिबार सामूहिक कुमारी पूजा गरिएको छ। कुमारी पूजा सेवा समिति भक्तजन परिवारको आयोजनामा इन्‍द्रजात्राको अवसर पारेर हरेक वर्ष उक्त कार्यक्रमको आयोजना गरिँदै आइएको छ। यसपटक आइतबार परेको इन्द्रजात्राको अवसर पारेर वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा गरिएको हो। पूजामा ५४ कुमारी सहभागी थिए।

नेवार समुदायमा ईही (बेल विवाह) नगरेको २ वर्षदेखि ८ वर्ष उमेर समूहका बालिकाहरुलाई कुमारीका रुपमा पूजा गर्ने प्रचलन रहेको छ। यसरी पूजा गरेमा बालिकाहरुलाई रोग नलाग्ने जनविश्वास रहेको छ।

इन्द्र जात्राको अवसरमा राजाले आवलोकन र कुमारीलाई दर्शन गर्ने चलन रहेपनि गणतन्त्र स्थापना पछिको गिरिजाप्रसाद कोइराला नेतृत्वको सरकारले तत्कालिन राजा ज्ञानेन्द्र शाहलाई कुनै पनि धार्मिक कार्यमा सरिक हुन रोक लगाएको थियो।

त्यस्तै, पूर्व युवराज्ञी हिमानी शाहले काठमाडाैँकाे तारेकेश्वरमा वृक्षाराेपण गरेकी छन्। काभ्रेस्थली–२ तारकेश्वरकाे शान्तिधाम मन्दिरमा पूर्व युवराज्ञी शाहले वृक्षाराेपण गरेकी हुन्।

शनिबार एक कार्यक्रमका बीच मन्दिर प्राङ्गणमा उनले दुई वटा फलफूलका विरुवा राेपेकी हुन्। शाहले अशाेका र अम्बाकाे बाेट राेपेकाे काेषका स्वयमंसेवी दामाेदर न्याैपानेले बताए। आज ५ वटा मात्र विरुवा राेपिएकाे छ। बाँकी विरुवा मन्दिरभन्दा केही तलकाे चाैरमा मन्दिर र स्थानीयकाे पहलमा राेपिने उनले बताए। हिमानी काेषकाे पहलमा मन्दिरकाे संयाेजनमा मन्दिर प्राङ्गणमा वृक्षाराेपण गरिएकाे हिमानी काेषका एक कर्मचारीले बताए।

वृक्षाराेपणपछि पत्रकारहरुसँगकाे संक्षिप्त कुराकानी गर्दै शाहले भनिन्, ‘हरियाे वन नेपालकाे धन,’ उनले भनिन्, ‘मन्दिर प्राङ्गणमा फलफूलकाे विरुवा राेप्दा सबैले खान पाउँछन् र त्यसैले सबै मन्दिरमा फलफूलकाे विरुवा राेप्ने हाम्राे याेजना छ।’

नेपालदीपमा प्रकाशित सामग्रीबारे तपाईको गुनासो, सुझाव तथा सुचना भए हामीलाई [email protected] मा पठाउनु होला ।

प्रतिक्रिया
सम्बन्धित समाचार

ताजा अपडेट