बिहिबार, कार्तिक ११ २०७८

भरतमणिले उचाले ‘कमेडी च्याम्पियन सिजन २’को उपाधि


  • नेपालदीप
  • शनिबार, असोज २ २०७८
1.5K
SHARES

काठमाडौँ। लोकप्रिय स्टयान्ड अप कमेडी रियालिटी शो ‘कमेडी च्याम्पियन’ सिजन २ को उपाधि भरतमणि पौडेलले जितेका छन् । शनिबार राती भएको ग्राण्ड फिनालेमा ताप्लेजुङका पौडेलले सबैभन्दा बढी भोट पाएर ‘कमेडी च्याम्पियन २’को उपाधि जितेका हुन् ।

उपाधिसँगै उनले कार र २५ लाख रुपैयाँ पुरस्कार जितेका छन् । विभिन्न चरण हुँदै भरतमणिसँगै सिक्किमका विक्की अग्रवाल र गोरखाका सन्तोष थापा फाइनलमा पुगेका थिए ।

निर्णायकमा हास्यकलाकार सन्तोष पन्त, मनोज गजुरेल, अभिनेत्री ऋचा शर्मा र चलचित्र निर्देशक प्रदीप भट्टराई थिए भने शोलाई रीमा विश्वकर्माले होस्ट गर्दै आएकी थिइन् । ‘कमेडी च्याम्पियन’को पहिलो सिजनमा हिमेश पन्त विजेता बनेका थिए ।

नेपालदीपमा प्रकाशित सामग्रीबारे तपाईको गुनासो, सुझाव तथा सुचना भए हामीलाई [email protected] मा पठाउनु होला ।

प्रतिक्रिया
सम्बन्धित समाचार

ताजा अपडेट