बिहिबार, कार्तिक ११ २०७८

कमेडी च्याम्पियन सिजन–२ को विजेता बने भरतमणि, बिक्की दोश्रो


  • नेपालदीप
  • शनिबार, असोज २ २०७८
1.1K
SHARES

काठमाडौँ। कमेडी च्याम्पियन सिजन–२ मा भरतमणि पौडेल विजयी भएका छन्। शनिबार राती सम्पन्न ग्राण्ड फिनालेमा उनलाई विजेता घोषित गरिएको हो। सबैभन्दा बढी भोट पाएपछि भरतमणि विजेता बनेका हुन्।

भरतमणिले डाट्सनको कार र नगद २५ लाख रुपैयाँ प्राप्त गरे। भरतमणिले पूर्व युवराज पारस शाहको गेटअपमा दिएको प्रस्तुतिले निकै चर्चा कमाएको थियो। सोही प्रस्तुतिका कारण भरतमणि  ‘पफर्मर अफ द राउण्ड’ मार्फत फाइनलमा पुगेका थिए।

यसैगरी फस्ट रनरअप बिक्की अग्रवाल बन्न सफल भए भने टीभीएस अपाचेको मोटरसाइकल प्राप्त गरे। यस्तै सेकेन्ड रनरअप सन्तोष थापा भए। उनले स्कुटर प्राप्त गरे।

भरतमणि ताप्लेजुङका हुन् भने सन्तोष गोर्खाबाट र विक्की भने सिक्किमबाट सहभागी भएका थिए। ग्राण्ड फिनालेमा वरिष्ठ हाँस्यकलाकार मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यको सहभागिता रहेको थियो भने हरिवंशले विजेताको घोषणा गरे भने सेकेण्ड रनरअपको घोषणा मदनकृष्णले गरेका थिए।

नेपालदीपमा प्रकाशित सामग्रीबारे तपाईको गुनासो, सुझाव तथा सुचना भए हामीलाई [email protected] मा पठाउनु होला ।

प्रतिक्रिया
सम्बन्धित समाचार

ताजा अपडेट