बिहिबार, कार्तिक ११ २०७८

स्वस्थानी मातालाई पसिना आयो, देशमा ठूलो परिवर्तनको संकेत !


  • नेपालदीप
  • शनिबार, असोज २ २०७८
3.3K
SHARES

काठमाडौँ। स्वस्थानी मातालाई पसिना आएको छ। साँखु सालिनदीस्थित स्वास्थानी माताको मुख्य मूर्तिमा पसिना आएको हो।

शनिबार बेलुका ६ बजेतिर नित्य पूजा भइरहेको समयमा मन्दिरका पुजारी मधु ढुंगानाले जानकारी दिए। उनका अनुसार मूर्तिको अनुहारबाट बग्ने गरी पसिना आएको र आफूले कपडाले पुछेको बताए। उनका अनुसार स्वस्थानी मातालाई पसिना आएको यो दोस्रोपटक हो। एक महिनाअघि पहिलोपटक पसिना आए पनि अहिले जस्तो असामान्य ढंगबाट पसिना नआएको उनले बताए।

यसरी स्वस्थानीलाई पसिना आएको यो पहिलो घटना भएको पहिलोपटक हो। स्वस्थानी मातालाई पसिना आएको कुराको किम्बदन्ती, कथा केही छैन। धार्मिक ग्रन्थमा पनि पसिना आएको उल्लेख गरिएको छैन। स्वस्थानी माताको निन्दा गर्दा चन्द्रावती रानीले अति नै दुःख कष्ट भोगेको कुरा स्वस्थानी वर्त कथामा उल्लेख छ। भने, स्वस्थानी माता क्रोधित हुँदा दैत्यदानवहरुको सर्वनास भएको उल्लेख छ।

दोलखा भीमसेन, नाला भगवतीलाई बेला बेलामा पसिना आउने र त्यसपछि देशलाई नै अनिष्ट हुने किम्बदन्ती छ। सामान्यतया पसिना आउनुलाई अनिष्टका रुपबाट नै व्याख्या गरिन्छ। पसिना आउनु देशमा ठूलै परिवर्तन हुन लागेको संकेतका रुपमा लिन सकिन्छ।

प्रत्येक वर्ष साँखु शालीनदीमा पुष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म एक महिना स्वस्थानीको मेला लाग्ने गर्दछ।

नेपालदीपमा प्रकाशित सामग्रीबारे तपाईको गुनासो, सुझाव तथा सुचना भए हामीलाई [email protected] मा पठाउनु होला ।

प्रतिक्रिया
सम्बन्धित समाचार

ताजा अपडेट