आइतबार, मंसिर १२ २०७८

चर्चित लोकदोहोरी गायिका विष्णु माझीलाई ‘प्रसिद्ध प्रबल जनसेवाश्री पदक’



  • नेपालदीप
  • आइतबार, असोज ३ २०७८
1.5K
SHARES

काठमाडौँ। अहिले निकै चर्चामा रहेकी लोक दोहोरी गायिका विष्णु माझीले प्रसिद्ध प्रबल जनसेवाश्री पदक पाउने भएकी छिन्  ।

संविधान दिवसका अवसरमा गायिका विष्णु माझीलाई पनि प्रसिद्ध प्रबल जनसेवाश्री पदक प्रदान गर्ने सरकारले निर्णय गरेको हो । चर्चित गायिका माझी सार्वजनिक नभएकाले पनि उहाँको बारेमा धेरैले चासो र चिन्ता राखेका छन् ।

गएको तीजमा उनले गाएको ‘तीजको दरै खान मन थियो, माइती घरै जान मन थियो, जेलैमा हो जेलैमा चरी जेलैमा, मै छोरी रुँदैरुँदै बेसी मेलैमा’ बोलको गीत उनकै जीवनमा आधारित रहेको भन्दै उनको खोजी समेत गरिएको छ ।

यतिबेला सरकारले उनलाई प्रसिद्ध प्रबल जनसेवाश्री पदक दिने घोषणा गरे पछि धेरैलाई उन पदक लिन जन्छिन  कि जान्नन  होला भन्ने जिज्ञासा लागेको छ । संविधान दिवसका अवसरमा सरकारले उनि सहित विभिन्न क्षेत्रमा योगदान पुर्याएका ९ सय ३ जनालाई विभिन्न विभूषण र पदक दिने घोषणा गरेको छ ।

अहिले घोषणा गरिएको विभूषण र पदक वैशाख १ गते विशेष समारोहका साथ राष्ट्रपति विद्यादेवी भण्डारीले वितरण गर्ने छिन्  ।

नेपालदीपमा प्रकाशित सामग्रीबारे तपाईको गुनासो, सुझाव तथा सुचना भए हामीलाई [email protected] मा पठाउनु होला ।

प्रतिक्रिया
सम्बन्धित समाचार

ताजा अपडेट