-सुजाता लामिछाने
क्यानभास इण्टरनेशनल कलेज
जाग चेतनाको ताज पहिरेका मानिसहरु
आफ्नै घर-संसार र जीवन बचाउन
समय र परिवर्तनको प्रवाहले पर्खिने छैन
शुष्क, मरुस्थल बन्दै गरेको यो धरती
ढढेको कुरुप अनुहार पृथ्वी माताको
दूर्गन्ध, प्रदुषण व्याप्त यो परिणति!
ब्यूँझ , उठ , जाग धरावासी जनहरु
प्रण र प्रयोगका जागरुक मनहरु
विनाशको संघारबाट पृथ्वी उठाउन
पशुपंक्षी र हरियालीको जीवन फर्काउन
प्राण संचारका वनस्पति र जीवहरु
खोजिरहेछन् तिम्रो वरिष्ठताको हस्तक्षेप।
निम्त्याउँदै क्षति र विनाशको बवण्डर
विज्ञान, भौतिकी र आविष्कारको नशा बिर्सेर
फर्की हेर त
आगो मुश्लो र डढेलोको भाषा
प्रदूषित समुद्रको रोदनको भाका
पग्लिँदो ध्रुवीय हिऊँको दुःखद गाथा
खडेरी, प्रकोप र प्रलयको व्यथा
रोगव्याधि र मानव त्रासदि
निस्सासिँदो हाम्रो संसार !
अब जागौँ मानिसहरु
रोपेर वृक्षहरु
बनाऔँ विश्व एक उद्यान
थालौँ उमार्न
आशाका अंकूर
गरेर वैकल्पिक ऊर्जाको प्रयोग
सम्हालौँ, हाम्रो धरा
पारौँ विश्व हराभरा
थालौँ स्वच्छ विश्व अभियान
बनाऔँ विश्व सुन्दर
जीवन मनोरम र सुमधुर !
नेपालदीपमा प्रकाशित सामग्रीबारे तपाईको गुनासो, सुझाव तथा सुचना भए हामीलाई [email protected] मा पठाउनु होला ।