सोमबार, मंसिर १३ २०७८

नायिका प्रियंका कार्की बनिन् आमा



  • नेपालदीप
  • बुधबार, असोज ६ २०७८
1.5K
SHARES

काठमाडौं। अभिनेत्री प्रियंका कार्की छोरीकी आमा बनेकी छन् । उनले बुधबार आफ्नो सामाजिक सञ्जालमा पति आयुषमान देशराज जोशीसँग छोरी बोकेको तस्वीर सार्वजनिक गरेकी छन् ।

उनले ‘हाम्रो सानो परी, संसारमा स्वागत छ । हाम्रो जीवनमा स्वागत छ’ भन्दै क्याप्सन लेखेकी छन् । उनले छोरीको नाम आयंका कार्की जोशी राखेकी छन् । प्रियंकाले गत चैत २० गते आफ्नो बेबीबम्प सार्वजनिक गरेकी थिइन् ।

प्रियंका र आयुष्मानले २०७६ को फागुन १५ मा विवाह गरेका थिए । यो विवाह अघि २०७५ असारमा उनीहरुले इन्गेजमेन्ट गरेका थिए ।

नेपालदीपमा प्रकाशित सामग्रीबारे तपाईको गुनासो, सुझाव तथा सुचना भए हामीलाई [email protected] मा पठाउनु होला ।

प्रतिक्रिया
सम्बन्धित समाचार

ताजा अपडेट