बिहिबार, कार्तिक ११ २०७८

कविता: आँखीझ्याल


  • नेपालदीप
  • बिहिबार, असोज ७ २०७८
2.2K
SHARES

चन्द्रमा जस्ता तिम्रा आँखा देखेर

मुर्छा परेको छु

तिम्रा तुइनबाट केहि थान कपडाहरू

सुटुक्क ल्याइ भित्तामा सजाएको छु

तिनै भित्तामा मेरा नयनका छाप

तिम्रा हराएका भित्रीहरूमा ट्याटु बनेर बस्नेछन्

ताराहरु, तिम्रो शरीरमा गड्नेछन्

भगवानहरू तिमो नशमा डुबुल्की मार्नेछन्

तिम्रो केशमै बेहोश हुने भलाद्मीको लाम हुनेछ

त्यहिँ लामको कुनामा टोलाएर म तिमीलाई कुर्ने छु।

तिमीसँग हुदाँ केहि क्षण शास नै रोकिदिन्छु

म कसैको हुँदै होइन

र कहिल्यै एक क्षणको लागि

एक शासको लागि

तिमी भन्दा पहिले नै म तिम्रो थिए

कुर्दाकुदै तिमीलाई

जिन्दगी नै बिताइदिन्छु।

 

तिमीलाई सोच्दासोच्दै सूर्य अस्ताइदिन्छ

जुन चम्किदिन्छ

समुन्द्र सुसाइदिन्छ, कैँयौं छालका पिडा सहेर।

यदि मृत्यु अजम्बरी हुने भए

तिमीलाई अंगालोमा बाँधी राख्थे

तिमीले भोगेका पिडा बाड्न मिल्ने भए

आधी पिडा आँफै बोकी भोगिदिन्थे

तिम्रो जवानीलाई साथ दिन मिल्ने

प्रेमको सागरमा छाल बनि तैरीदिन्थे

तिमीले बगाएका आँशु सापटी लिन मिल्ने भए

हरदिन केहि टंकीहरू भरिदिन्थे

जीवनको अन्तिम मोड सम्म

तिमीलाई पछ्‌याइ रहनेछु

किन्तु : परन्तु ॥

-प्रदीप तिवारी

नेपालदीपमा प्रकाशित सामग्रीबारे तपाईको गुनासो, सुझाव तथा सुचना भए हामीलाई [email protected] मा पठाउनु होला ।

प्रतिक्रिया
सम्बन्धित समाचार

ताजा अपडेट