बिहिबार, कार्तिक ११ २०७८

खुम्बुमा पुगेर गायिका जोशीलाई शरदले औठी लगाएर राखे विवाह प्रस्ताव


  • नेपालदीप
  • शुक्रबार, असोज ८ २०७८
1.3K
SHARES

काठमाडौं। गायिका इन्दिरा जोशीले दुई वर्षदेखिको प्रेमी शरद केडियालाई सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेकी छन् । उनले फेसन डिजाइनर रहेका शरदले आफूलाई औठी लगाएर विवाह प्रस्ताव गरेको तस्वीर राखेकी छन् ।

‘उनले सोधे–तिमी मसँग विवाह गर्छौ ? । मैले भनें– हुन्छ । आइ लभ यु शरद केडिया । मप्रति देखाएको प्रेमप्रति धन्यवाद । शरद केडिया । मेरो स्टार’, इन्दिराले लेखेकी छन् ।

‘नेपाल आइडल’को निर्णायकसमेत रहेकी इन्दिरालाई शरदले हेलिकप्टरमा खुम्बु लगेर विवाह प्रस्ताव गरेका हुन् । हेलिकप्टरका क्याप्टेन विवेक थापाले आफ्नो टिकटक अकाउन्टमा शरदले इन्दिरालाई औठी लगाउँदै गरेको भिडियो राखेका छन् ।

नेपालदीपमा प्रकाशित सामग्रीबारे तपाईको गुनासो, सुझाव तथा सुचना भए हामीलाई [email protected] मा पठाउनु होला ।

प्रतिक्रिया
सम्बन्धित समाचार

ताजा अपडेट