सोमबार, साउन ३० २०७९

बर्दियामा बाख्रापालन फर्म भित्र पसेर चितुवाले २३ खसी–बाख्रा मार्‍याे



  • नेपालदीप
  • सोमबार, असोज ११ २०७८
5.1K
SHARES

बर्दिया।  बर्दियाकाे गुलरिया नगरपालिका ५ सन्तोषी टोलमा रहेकाे बृस पशुपक्षी तथा बाख्रापालन फर्मका २३ खसी–बाख्रा चितुवाले मारेको छ।

खोरभित्र बाँधिएका २३ खसी–बाख्रालाई चितुवाले मार्दा झन्डै तीन लाख रुपैयाँ बराबरको क्षति भएको पीडित चन्द्रकान्त पौडेलले जानकारी दिएका छन् । नजिकैको सामुदायिक वनबाट आएको चितुवाले गए राति सबै खसी–बाख्रा मारेको पौडेलले बताए  ।

सूचना प्राप्त भएलगत्तै घटनास्थलमा प्रहरी जाँदा सम्पूर्ण खसी तथा बाख्रा मृत अवस्थामा फेला परेका र अन्य विस्तृत विवरण आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक (इन्स्पेक्टर) गोपाल पौडेलले जानकारी दिए  ।

नेपालदीपमा प्रकाशित सामग्रीबारे तपाईको गुनासो, सुझाव तथा सुचना भए हामीलाई [email protected] मा पठाउनु होला ।

प्रतिक्रिया
सम्बन्धित समाचार