बिहिबार, कार्तिक ११ २०७८

सोह्रश्राद्धमा पितृहरुको सम्झनामा श्राद्ध गरिँदै (तस्बिरहरु)


  • नेपालदीप
  • बिहिबार, असोज १४ २०७८
1.4K
SHARES

काठमाडौँ। हरेक वर्ष आश्विन कृष्ण प्रतिपदादेखि सुरु हुने पितृ पक्ष अर्थात् सोह्र श्राद्धमा आफ्ना दिबंगत मातापितालाई तर्पण दिने गरिन्छ। यस वर्ष पनि सोह्र श्राद्ध सुरु भइसकेको छ। आज नवमी तिथि अन्तर्गतका श्राद्धहरु चलिरहेका छन्।

चाडपर्व यज्ञयज्ञादि तथा ठूला कार्य गर्नुअघि पितृलाई श्रद्धा भक्तिका साथ सम्झिने वैदिक सनातन हिन्दू शास्त्रीय परम्पराअनुसार सोह्रश्राद्ध गर्ने गरिएको हो। यस समयमा पितृले आश गरी बसेका हुन्छन् भन्ने शास्त्रीय मान्यतासमेत छ।

यसरी सोह्रश्राद्ध गर्नाले पितृप्रतिको आफ्नो दायित्व बोध पूरा हुनाका साथै पितृऋणबाट पनि मुक्त भइन्छ भन्ने धार्मिक विश्वास रहिआएको छ। वैदिक सनातन हिन्दू धर्मावलम्बीले ठूला माङ्गलिक कार्य गर्नु अगाडि नान्दीमुखी श्राद्ध, पितृको मृत तिथिमा गर्ने एकोद्दिष्ट श्राद्ध, सोह्रश्राद्धमा गर्ने पार्वण श्राद्ध, सोह्रश्राद्धमा मृत्यु भएकाको सम्झनामा गरिने एक पार्वण श्राद्ध, तीर्थमा गरिने तीर्थ श्राद्ध र बद्रीको ब्रह्मकपाल तीर्थमा गरिने ब्रह्मकपाली श्राद्धजस्ता श्राद्धहरु प्रचलित रहेका छन्।

यो पक्षमा श्राद्ध नगर्दा अक्षम्य दोष लाग्छ भन्ने शास्त्रीय वचनका आधारमा श्राद्ध गर्ने गरिएको हो। ‘देउताले दिने र पितृहरुले हर्ने’ भन्ने भनाइ अनुसार पितृलाई खुसी नबनाए जीवनमा दुःख भोग्नु पर्ने भएकोले पितृ दाहिना हुन् भन्ने मान्यता अनुरुप तर्पण-श्राद्ध गरिन्छ।

सोह्र श्राद्धको अवधिभर हिन्दूहरुका आराध्यदेव श्री पशुपतिनाथ मन्दिर परिसरमा, पवित्र बागमती गंगाको सानिध्यमा पितृहरुलाई सम्झेर तर्पण दिने देखि श्राद्धहरु हुने गरेका छन्।

 तस्बिरहरु: दिपकघर्ति मगर

नेपालदीपमा प्रकाशित सामग्रीबारे तपाईको गुनासो, सुझाव तथा सुचना भए हामीलाई [email protected] मा पठाउनु होला ।

प्रतिक्रिया
सम्बन्धित समाचार

ताजा अपडेट