सादा पोशाकमा छड्के जाँच गर्न पुगेका डीएसपीबाट नै असुल्न खोजेपछि…

नेपालगञ्ज। दशैँ मनाउन नेपाल फर्किनेहरुसँग असुली गरेको आरोप लागेपछि इलाका प्रहरी कार्यालय जमुनाहाका इन्चार्जसहित आठ प्रहरी तानिएका छन्। जिल्ला प्रहरी कार्यालय बाँकेले जमुनाहाका सई पूर्ण खत्रीसहित आठ प्रहरीलाई तानेर नयाँ टोली पठाएको हो।
जमुनाहामा सई मीनबहादुर विष्टलाई पठाइएको कार्यालयले जनाएएको छ। भारतको कालापहाड, सिमला, प्रयागलगायत ठाउँमा काम गरी दसैँ मान्न स्वदेश फर्केकाहरुसँग पैसा असुलेको भन्दै बाँके प्रहरीले इलाका प्रहरी कार्यालयको टीमलाई नै तानेको हो।
प्रहरीले स्वदेश फर्केकाहरुसँग पैसा असुलेको गुनासो आएपछि बाँके प्रहरी प्रमुख एसपी श्यामकृष्ण अधिकारी र डीएसपी मधुसुदन न्यौपाने आफै सादा पोशाकमा नाकामा पुगेका थिए। व्यापक जनगुनासो आएपछि नाकामा छड्के …