बिहिबार, कार्तिक ११ २०७८

ड्रग्स पार्टीबाट शाहरुखका छोरा आर्यन पक्राउ


  • नेपालदीप
  • आइतबार, असोज १७ २०७८
1.5K
SHARES

एजेन्सी। बलिउड स्टार शाहरुख खानका छोरा आर्यन खान पक्राउ परेका छन्। भारतको नारकोटिक्स कन्ट्रोल ब्युरो (एनसिबी) ले शनिबार राती मुम्बईमा एक क्रुज सिपमा छापा मारेर खानका छोरासहित १३ जनालाई हिरासतमा लिएको हो। प्रहरीका अनुसार उक्त क्रुज सिपमा ड्रग्स पार्टी चलिरहेको थियो। अहिले हिरासतमा रहेका शाहरुखका छोरा आर्यनसँग बयान लिने काम भइरहेको छ।

छानविन चलिरहेकाले प्रहरीले धेरै प्रतिक्रिया दिन नमानेको पनि भारतीय सञ्चारमाध्यमले जनाएका छन्। प्रहरी स्रोतका अनुसार आर्यन खान पार्टीमा उपस्थित भएपनि उनको साथबाट ड्रग्स भने बरामद भएको छैन। बलिउडका अन्य अभिनेताका छोराहरु पनि हिरासतमा रहेको प्रहरीलाई उद्धृत गर्दै केही सञ्चारमाध्यमले जनाएका छन्। तर को–को समातिएका छन् भन्ने सार्वजनिक भइसकेको छैन। एनसिबीका अधिकारीहरुले शाहरुखका छोराको फोन चेक गरेको र उनीसँग सोधपुछ गरेको प्रहरी स्रोतले जनाएको छ।

नेपालदीपमा प्रकाशित सामग्रीबारे तपाईको गुनासो, सुझाव तथा सुचना भए हामीलाई [email protected] मा पठाउनु होला ।

प्रतिक्रिया
सम्बन्धित समाचार

ताजा अपडेट