बिहिबार, कार्तिक ११ २०७८

विवाहको उमेर घटाउन प्रस्ताव, ‘लिभिङ टुगेदर’मा बस्नेलाई कारबाही गर्न माग


  • नेपालदीप
  • सोमबार, असोज १८ २०७८
1.9K
SHARES

काठमाडौं। सांसदहरुले कानुनमा विवाहका लागि उमेरको हद तोकिरहनु आवश्यक नरहेको बताएका छन्।

प्रतिनिधिसभाको कानुन, न्याय तथा माधवअधिकार समितिको आज (सोमबार) बसेको बैठकमा बलात्कारसँग सम्बन्धित कानुनका विषयमा छलफल गर्ने क्रममा सांसदहरुले १८ वर्षमा नै विवाह गर्न पाउने व्यवस्था गर्नुपर्नेमा जोड दिए।

विद्यमान मुलुकी ऐनमा २० वर्ष पुगेपछि मात्र विवाह गर्न पाइने व्यवस्था गरिएको छ। १८ वर्षमा वालिग हुने व्यवस्था कानुनले गरेको अवस्थामा विवाह गर्नका लागि सोही उमेरलाई योग्य मान्नुपर्ने सांसदहरुको भनाइ थियो।

समितिका सभापतिसमेत रहेका एमाले सांसद कृष्णभक्त पोखरेल, कांग्रेसका मीन विश्वकर्मा, लोकतान्त्रिक समाजवादी पार्टीका लक्ष्मणलाल कर्ण, माओवादी केन्द्रका मातृका यादवले विवाहको उमेर १८ वर्षमा झार्नुपर्ने प्रस्ताव गरेका हुन्।

माओवादी केन्द्रका सांसद मातृका यादवले ‘लिभिङ टुगेदर’ लाई पनि कानुन बनाएर दर्ता प्रक्रियामा ल्याउनुपर्ने बताएका छन्। लिभिङ टुगेदर पनि अस्थायी विवाह भएको उल्लेख गदैृ उनले विभिन्न बहानामा त्यस्तो सम्बन्ध तोडिन पुग्ने उनको भनाइ थियो। त्यस्तो स्थितिलाई रोक्न लिभिङ टुगेदरको पनि दर्ता गर्नपर्ने उनले बताए।

नेपालदीपमा प्रकाशित सामग्रीबारे तपाईको गुनासो, सुझाव तथा सुचना भए हामीलाई [email protected] मा पठाउनु होला ।

प्रतिक्रिया
सम्बन्धित समाचार

ताजा अपडेट