बिहिबार, कार्तिक ११ २०७८

बालुवाटार जग्गा प्रकरण : नेपाल र भट्टराईविरुद्धकाे मुद्दामा बहस सकियो, कार्तिक १५ मा फैसला


  • नेपालदीप
  • सोमबार, असोज १८ २०७८
1.3K
SHARES

काठमाडौं।  बालुवाटारस्थित ललिता निवास जग्गा प्रकरणमा सर्वोच्च अदालतले आगामी कार्तिक १५ मा फैसला सुनाउने भएको छ। प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा र न्यायाधीश नहकुल सुवेदीको इजलासले फैसला सुनाउने मिति तोकेको हो।

सोमबार ललिता निवास जग्गा प्रकरणमा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल र डा. बाबुराम भट्टराईमाथि किन मुद्दा नचलाएको भन्ने विषयमा सुनुवाइ भएको थियो।

वरिष्ठ अधिवक्ता बालकृष्ण न्यौपानेले पूर्वप्रधानमन्त्रीलाई मुद्दा चलाउनुपर्ने आदेश हुनुपर्ने माग राखी रिट दायर गरेका थिए। तत्कालीन मन्त्री परीषद्को वैठकको निर्णयका आधारमा ललीता निवास जग्गा प्रकरणको हिनामीना प्रकरणमा नेपाल र भट्टराई विरुद्ध सर्वोच्चमा रिट परेको हो। इजलासले बहस नोट मगाउन पनि आदेश दिएको छ।

नेपालदीपमा प्रकाशित सामग्रीबारे तपाईको गुनासो, सुझाव तथा सुचना भए हामीलाई [email protected]om मा पठाउनु होला ।

प्रतिक्रिया
सम्बन्धित समाचार

ताजा अपडेट