सोमबार, मंसिर १३ २०७८

३३ किलो सुन तस्करी प्रकरण : गोरे सहित पाँच जनालाई जन्मकैदको फैसला



  • नेपालदीप
  • मंगलबार, असोज १९ २०७८
3.8K
SHARES

विराटनगर। ३३ किलो सुन तस्करी र मोरङका सनम शाक्यको हत्या मुद्दामा जिल्ला अदालत मोरङले चुडामणि उप्रेती ‘गोरे’ सहित पाँच जनालाई जन्मकैदको सजाय सुनाएको छ।

३३ किलो सुन तस्करी प्रकरणमा भरिया सनम शाक्यको हत्यामा संलग्न ८ जना दोषी ठहर भएका छन्। हत्यामा जन्मकैद पाउनेमा ‘गोरे’ सहित टेकराज मल्ल ठकुरी, लाक्पा शेर्पा, मोहन काफ्ले, नरेन्द्र कार्की र भोजराज भण्डारी छन्। थप दुई जनालाई तीन वर्ष र ६ महीना कैद सजाय सुनाइएको छ।

अन्य सबैले सफाइ पाएका छन्। फरार रहेका २१ जनाको मुद्दा मुल्तबीमा राखिएको छ। अपहरण तथा शरीर बन्धकमा पनि गोरे मात्र दोषी ठहर भएका छन्। अन्यले सफाइ पाएका छन्।

नेपालदीपमा प्रकाशित सामग्रीबारे तपाईको गुनासो, सुझाव तथा सुचना भए हामीलाई [email protected] मा पठाउनु होला ।

प्रतिक्रिया
सम्बन्धित समाचार

ताजा अपडेट