बिहिबार, कार्तिक ११ २०७८

काठमाडौंबाट सुर्खेत उडेको बुद्ध एयरको जहाज अवतरण गर्न नसकेपछि नेपालगञ्ज डाइभर्ट गरियो


  • नेपालदीप
  • बुधबार, असोज २० २०७८
1.4K
SHARES

काठमाडौं। काठमाडौंबाट सुर्खेतका लागि उडान भरेको बुद्ध एयरको विमान सुर्खेत विमानस्थलमा अवतरण हुन नसकेपछि नेपालगञ्जमा अवतरण गरिएको छ।

बुधबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुर्खेतका लागि यु ४–१३३ विमान विहान ८ बजे उडेको थियो। तर, सुर्खेतको मौसम सामान्य नहुँदा अवतरणमा मसस्या देखिएको थियो।

सुर्खेतको आकाशमा तीन फन्का लगाएको भएपनि मौसम नखुलेपछि विमानलाई नेपालगञ्ज डाइभर्ट गरिएको बुद्ध एयरले जनाएको छ।

नेपालगञ्जमा जहाज अवतरण भइसकेको र मौसममा सुधार आउनासाथ सुर्खेत आउने बुद्ध एयरले जनाएको छ। विमानमा चालक दलका ४ सदस्यसहित ५० जना सवार थिए।

नेपालदीपमा प्रकाशित सामग्रीबारे तपाईको गुनासो, सुझाव तथा सुचना भए हामीलाई [email protected] मा पठाउनु होला ।

प्रतिक्रिया
सम्बन्धित समाचार

ताजा अपडेट