बुधबार, मंसिर १५ २०७८

पत्नीको हत्या अभियोगमा पति पक्राउ



  • नेपालदीप
  • शुक्रबार, असोज २२ २०७८
1K
SHARES

सुर्खेत। आफ्नै पत्नी ४० वर्षीया कमला नेपालीलाई कुटपिट गरी हत्या गरेको अभियोगमा वीरेन्द्रनगर नगरपालिका-३ रातोपुल बस्ने ५० वर्षीय सुरेश नेपालीलाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ।

उनले गत असोज ५ गते कुटपिट गर्दा गम्भीर घाइते भएकी कमलाको कर्णाली प्रदेश अस्पताल कालागाउँमा उपचारका क्रममा शुक्रबार मृत्यु भएको हो।

जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट खटिएको प्रहरीले सुरेशलाई नियन्त्रणमा लिएर थप अनुसन्धान अघि बढाएको जनाइएको छ।

नेपालदीपमा प्रकाशित सामग्रीबारे तपाईको गुनासो, सुझाव तथा सुचना भए हामीलाई [email protected] मा पठाउनु होला ।

प्रतिक्रिया
सम्बन्धित समाचार

ताजा अपडेट