बिहिबार, कार्तिक ११ २०७८

यस वर्षको मनसुन नेपालबाट ढिलो गरि बाहिरिँदै


  • नेपालदीप
  • शनिबार, असोज २३ २०७८
950
SHARES

काठमाडौं। जल तथा मौसम विज्ञान विभागले यस वर्षको मनसुन ढिलो गरि नेपालबाट बाहिरिन लागेको जनाएको छ।

विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार शुक्रबार सुदूरपश्चिम र कर्णाली प्रदेश आसपासबाट मनसुन बाहिरिएको हो। प्रायः २ अक्टुबरमा मनसुन बाहिरिने गरेको थियो।

यसवर्ष भने एक साता ढिलो गरि मनसुन बाहिरिएन थालेको महाशाखाले जनाएको छ। कर्णाली र सुदूरपश्चिमसँगै लुम्बिनी प्रदेशको पश्चिमी भूभागबाट पनि मनसुन बाहिरिएको छ।

अन्य प्रदेशबाट पनि मनसुन बाहिरिने क्रममा रहेको महाशाखाले जनाएको छ। केही दिनभित्र देशभरिबाट मनसुन बाहिरिने महाशाखाको अनुमान छ।

नेपालदीपमा प्रकाशित सामग्रीबारे तपाईको गुनासो, सुझाव तथा सुचना भए हामीलाई [email protected] मा पठाउनु होला ।

प्रतिक्रिया
सम्बन्धित समाचार

ताजा अपडेट