बिहिबार, कार्तिक ११ २०७८

निर्दयी आमा जसले दुई छोराको हत्यापछि आफै गरिन् आत्महत्या


  • नेपालदीप
  • शनिबार, असोज २३ २०७८
950
SHARES

काठमाडौँ। धनुषामा दुईजना छोराको हत्यापछि आमाले आत्महत्या गरेकी छन् ।

नगराइन नगरपालिका-४ की २४ वर्षीया गुडियादेवी साहले हिजो बेलुका छोराहरू पाँच वर्षीय अभिषेक र तीन वर्षीय आदित्यलाई डोरीले घाँटीमा कसेर हत्या गरेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी प्रवक्ता डीएसपी जितेन्द्र बस्नेतले जानकारी दिए  ।

उनका अनुसार दुवै छोराको हत्यापछि गुडियाले पनि घरमै आत्महत्या गरेकी हुन्  ।

घटना भएको बेला गुडियाका श्रीमान गुरुदेव कामको सिलसिलामा बाहिर थिए  सासु र ससुरा पनि घर बाहिर नै रहेका थिए । घरमा कोही नभएको बेला चर्को स्वरमा स्पिकर बजाएर गुडियाले छोराको हत्या गरेको प्रहरी अनुसन्धानमा खुलेको छ ।

१० वर्ष अगाडि गुडिया र गुरुदेवले भागेर प्रेम विवाह गरेका थिए । तर गुडियाका आमाबुवाले विवाह स्वीकार गरेका थिएनन् । घटनाको कारण खुलिनसकेको डीएसपी बस्नेतको भनाइ छ ।

तीनै जनाको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुरमा राखिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको छ ।

नेपालदीपमा प्रकाशित सामग्रीबारे तपाईको गुनासो, सुझाव तथा सुचना भए हामीलाई [email protected] मा पठाउनु होला ।

प्रतिक्रिया
सम्बन्धित समाचार

ताजा अपडेट