मंगलबार, जेष्ठ ३ २०७९

नवरात्रीमा दुलही झैं श्रृङ्गारिएकी मैतीदेवी माता (तस्बिरहरु)



  • नेपालदीप
  • आइतबार, असोज २४ २०७८
11K
SHARES

काठमाडौँ। काठमाडौँको मुख्य शक्तिपीठ मैतीदेवी मन्दिरलाई नवरात्री एवं दशैँको अवसरमा सुन्दर एवं मनमोहक ढंगबाट सजाइएको छ। नवदुर्गामा मैतीदेवीमा भक्तजनहरुको विशेष भीड लाग्ने गर्छ। अघिल्लो वर्ष कोरोना महामारीले गर्दा नवदुर्गामा मन्दिर बन्द थियो। तर यसपाली भने सावधानी अपनाउँदै मन्दिर खुल्ला गरिएको छ।

तन्त्र साधकहरुले यसलाई अत्यन्तै शक्तिशाली शक्तिपीठका रुपमा हेर्ने गर्छन। यहाँ आएर पुजा, ध्यान, जप-तप गरे मनोकामना पुरा हुने र चाहेको सिद्धी एवं मोक्ष प्राप्त हुने बताइन्छ।

जनश्रुतिहरूअनुसार पौराणिककालमा पञ्चकन्याहरू आकाशमार्गबाट उडेर माइत जान हिडेका थिए। बाख्रा चराउन बसेका कुनै एक तान्त्रिकले देश रक्षाका लागि आफ्नो तन्त्र शक्तिद्वारा ती देवीहरूलाई यहाँ बस्न बाध्य पारेकोले तिनै पञ्चदेवीको माइतीका रूपमा यसलाई ‘माइती देवी’ हुँदै मैतीदेवी भन्ने गरिएको हो।

त्यस्तै एउटा अर्को किंवदन्ती अनुसार रुद्रमती (हालको धोवीखोला, मन्दिरको उत्तरपूर्वबाट बग्दथ्यो) को किनारमा एकजना मुनिकार (किसान) खेत खन्दै जाँदा उनले एउटा ढुंगा (शीला) भेटे। त्यसलाई सार्न ती किसानले हजार प्रयत्न गरे तर सकेनन् बरु उनी थाकेर त्यही भसक्कै निदाए। त्यसैबेला आकाशमार्गबाट पञ्चकुमारीहरू मयूरमा हिडिरहेको बेला मयूरको प्वाँखको हावाले किसान व्यूँझिए। त्यसपछि उनले आफूले भोग्नु परेको दुःख सविस्तार देवीहरूलाई बताए। पञ्चकुमारीहरूलाई आफ्नो कुरा बताएपछि देवी खुशी भएर त्यसैमा बसिन्। त्यसैले कतिपयले यसलाई मयूरतीर्थ समेत भन्ने गरेका छन्।

नवरात्रीको अवसरमा दुलही जस्तै सिंगारिएकी मैतीदेवी माँको मन्दिरको दृश्य नेपालदीपका फोटोपत्रकार दिपक घर्ति मगरले तस्वीरमा कैद गरेका छन्।

 

नेपालदीपमा प्रकाशित सामग्रीबारे तपाईको गुनासो, सुझाव तथा सुचना भए हामीलाई [email protected] मा पठाउनु होला ।

प्रतिक्रिया
सम्बन्धित समाचार

ताजा अपडेट