बिहिबार, कार्तिक ११ २०७८

झापामा गएरति मासु व्यवसायीको घाँटी रेटेर हत्या


  • नेपालदीप
  • सोमबार, असोज २५ २०७८
874
SHARES

काठमाडौँ। झापाको विर्तामोडमा गएराति एक व्यसायीको हत्या भएको छ।

विर्तामोड नगरपालिका ५ स्थित महानन्दचोकमा मासु पसल सञ्चालन गर्दै आएका ५० वर्षीय इन्द्रक़ुमार मगरको घाँटी रेटेर हत्या जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।

मगर झापाकै अर्जुनधारा- ६ कप्तानबारीका स्थायी बासिन्दा हुन्।

पसलमै बसिरहेको बेला गएराति करीब ८ बजे उनको हत्या भएको प्रहरीको भनाई छ।मगरको घाँटी र पाखुरामा गहिरो चोट लागेको थियो। उनको घटनास्थलमै मृत्यु भएको हो। मगरको हत्याराको पहिचान खुलेको छैन। घटनाको आवश्यक अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ।

नेपालदीपमा प्रकाशित सामग्रीबारे तपाईको गुनासो, सुझाव तथा सुचना भए हामीलाई [email protected] मा पठाउनु होला ।

प्रतिक्रिया
सम्बन्धित समाचार

ताजा अपडेट