बिहिबार, कार्तिक ११ २०७८

शेयर बजार आज पनि २३ अङ्क भन्दा धेरैले घट्यो


  • नेपालदीप
  • सोमबार, असोज २५ २०७८
931
SHARES

काठमाडौँ। शेयर बजार परिसूचक नेप्से आज पनि घटेको छ । हिजो आइतवार १८ अङ्कले घटेको नेप्से आज साेमवार २३ दशमलव १९ अङ्कले घटेर दुई हजार ६ सय ३९ दशमलव ३७ विन्दुमा झरेको छ ।

आज लगानी र म्युचल फन्डबाहेक सबै समूहको शेयर ओरालो लागेको छ । विकास बैंक, बीमा, माइक्रोफाइनान्स र व्यापार समूहको शेयर उच्च अङ्कले ओरालो लागेको छ ।

आज महालक्ष्मी विकास बैंक र रैराङ हाइड्रो कम्पनीको शेयर आठ प्रतिशतभन्दा धेरैले घटेको छ । समग्र बजार घटे पनि ग्लोबल आईएमई समुन्नत स्किमको शेयर झन्डै १० प्रतिशत र सानिमा लाइफ इन्स्याेरेन्सको शेयर आठ प्रतिशतले बढेको छ ।

आझ दुई सय १९ कम्पनीका ९३ लाख १४ हजार कित्ता शेयर तीन अर्ब ६३ करोड ९४ लाख रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै नबिल बैंकको १७ करोड १३ लाख रुपैयाँको शेयर किनबेच भएको छ ।

नेपालदीपमा प्रकाशित सामग्रीबारे तपाईको गुनासो, सुझाव तथा सुचना भए हामीलाई [email protected] मा पठाउनु होला ।

प्रतिक्रिया
सम्बन्धित समाचार

ताजा अपडेट