बिहिबार, कार्तिक ११ २०७८

मलाई सभापति भएको देख्न जनता आतुर छन्: विमलेन्द्र निधि


  • नेपालदीप
  • मंगलबार, असोज २६ २०७८
2K
SHARES

जनकपुरधाम। नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले तराई, हिमाल र पहाडसहितका नेपाली जनताले आफूलाई पार्टीको सभापतिको रूपमा हेर्न चाहेको बताएका छन् । धनुषा निर्वाचन २ मा आयोजित शुभकामना आदान प्रदान तथा कार्यकर्ता भेलालाई सम्‍बोधन गर्दै उपसभापति निधिले हिमाल, पहाड र तराइवासीबीचको भावनात्मक सम्बन्ध जोड्नका लागि आफूले उम्मेदवारी दिएको स्पष्ट पारे ।

१४औँ महाधिवेशनबाट तराईका जनता मात्र होइन हिमाल  र पहाडका साथीहरूले काँग्रेसको सभापतिमा हेर्न चाहेको बताउँदै आफूलाई सभापतिमा समर्थन गर्नसमेत उनले आग्रह गरे । ‘केन्द्रीय सभापतिका लागि उम्मेदवारी दिँदैछु । निर्वाचन क्षेत्रबाट समर्थनका लागि सबैसँग अनुरोध गर्न आएको छुँ,’ उनले भने, ‘सभापति बनेर देश र जनताको सेवा गर्ने इच्छा छ, तपाईहरूको समर्थन चाहेको हुँ ।’

सभापति देउवाले १३औँ महाधिवेशनमै अघिल्लो पटक १४ औँ महाधिवेशनमा आफूलाई सहयोग गर्ने वचन दिएकोले यस पटक सहयोग गर्ने भन्दै आएको बताए । सभापति देउवासँगको गरिएको कुराकानी उपसभापति निधिले कार्यकर्ताहरूलाई सुनाउँदै भने, ‘सबै नेताहरूकाबीच यो मेरो अन्तिम पटक हो, अब तपाईं नै हो भन्नुभएको छ, त्यसैले यसपाली सभापति देउवाले मलाई सहयोग गर्नुहुन्छ ।’ उपसभापति निधिले अबको पाँच वर्षपछि पार्टीको नेतृत्व युवापुस्ताले गर्ने दाबी गरे ।

नेपालदीपमा प्रकाशित सामग्रीबारे तपाईको गुनासो, सुझाव तथा सुचना भए हामीलाई [email protected] मा पठाउनु होला ।

प्रतिक्रिया
सम्बन्धित समाचार

ताजा अपडेट