पूर्वराजा ज्ञानेन्द्रको सन्देश: राजा सहितको प्रजातन्त्र आजको आवश्यकता

काठमाडौँ। पूर्वराजा ज्ञानेन्द्र शाहले राजसंस्थासहितको प्रजातन्त्र नेपालको लागि सर्वोत्तम व्यवस्था भएको बताउनु भएको छ। बडा दशैँको उपलक्ष्यमा एक सन्देश जारी गर्दै पूर्वराजा शाहले तत्कालिन परिस्थितिमा बाध्य भएर सम्पूर्ण जिम्मेवारी ग्रहण गरेपनि ‘प्रजातन्त्र बिनाको राजसंस्था र राजसंस्था बिनाको प्रजातन्त्र हाम्रो जस्तो मुलुकमा सान्दर्भिक हुन सक्तैन भन्ने आबोध’ आफूले गरेको बताउनु भएको हो।
‘देशको तत्कालिन परिस्थितिले हामीलाई बेग्लै जिम्मेबारी ग्रहण गर्न बाध्य तुल्याए पनि प्रजातन्त्र बिनाको राजसंस्था र राजसंस्था बिनाको प्रजातन्त्र हाम्रो जस्तो मुलुकमा सान्दर्भिक हुन सक्तैन भन्ने आबोध हामीले गरेका छौं। प्रजातान्त्रिक, प्रगतिशिल या अन्य जुनसुकै बिचारप्रति आस्थावान भए पनि राष्ट्रप्रतिको श्रद्धाले …