बिहिबार, कार्तिक ११ २०७८

ज्ञानेन्द्रलाई बाबुरामको धम्की : देशको माया भए चुप लागेर गणतन्त्र स्वीकार्नु


  • नेपालदीप
  • मंगलबार, असोज २६ २०७८
4.2K
SHARES

काठमाडौँ। पूर्व राजा ज्ञानेन्द्र शाहले बडा दशैँको अवसरमा शुभकामना सन्देश जारी गर्दै देशमा राजा सहितको प्रजातन्त्रको आवश्यकता भएको औंलाए पछि देशको राजनीति तरंगित भएको छ। सामान्यतया एकदमै घुमाउरो शैलीमा राजसंस्थाको अपरिहार्यताबारे बोल्ने पूर्व राजाले यसपाली स्पष्ट रुपमा राजसंस्था पुनस्थापना अत्यावश्यक भएको संकेत गरेका हुन्।

यसै बीच पूर्व प्रधानमन्त्री समेत रहेका जनता समाजवादी पार्टीका नेता बाबुराम भट्टराईले देशको अलिकति पनि माया भए चुप लागेर बस्न पूर्व राजालाई धम्कि दिएका छन्। पूर्व राजाको वक्तव्यमाथि टिप्पणी गर्दै भट्टराईले त्यस्तो बताएका हुन्।

भट्टराईले भनेका छन्, ‘पूर्व राजालाई देश र जनताप्रति अलिकति पनि जिम्मेवारीवोध छ भने चुपचाप संघीय लोकतान्त्रिक गणतन्त्रलाई स्वीकारेर बस्नु वेश हुनेछ!’

भट्टराईले राजसंस्था बिना प्रजातन्त्र टिक्दैन भन्नु तातो बरफ खोज्नु जस्तै नमिल्दो भएको बताएका हुन्। उनले पूर्व राजाको सक्रियताले देशलाई पुनः द्वन्दमा लैजाने पनि दाबी गरे। ‘राजसंस्थाविनाको प्रजातन्त्र टिक्दैन भन्नु जनतालाई तातो बरफ वा सिंगसहितको खरायो खोज्न लगाउनु जस्तै भ्रमको खेतीगर्नु र देशलाई पुन:द्वन्दमा धकेल्नु मात्रै हो,’ उनले भनेका छन्। 

पूर्वराजा ज्ञानेन्द्रको सन्देश: राजा सहितको प्रजातन्त्र आजको आवश्यकता

नेपालदीपमा प्रकाशित सामग्रीबारे तपाईको गुनासो, सुझाव तथा सुचना भए हामीलाई [email protected] मा पठाउनु होला ।

प्रतिक्रिया
सम्बन्धित समाचार

ताजा अपडेट