बिहिबार, कार्तिक ११ २०७८

मुगु, कास्की र अछाममा भएको सडक दुर्घटनामा घाइतेकाे सरकारले नि:शुल्क उपचार गर्छ: प्रम


  • नेपालदीप
  • बुधबार, असोज २७ २०७८
950
SHARES

काठमाडाैं। प्रधानमन्त्री शेरबहादुर देउवाले मुगु, कास्की र अछाममा भएको सडक दुर्घटनाले स्तव्ध भएको बताएका छन्। आफ्नाे आधिकारिक फेसबुक मार्फत देउवाले साे कुरा बताएका हुन्।

प्रधानमन्त्री देउवाले भनेका छन्, ‘मुगु, कास्की र अछाममा भएको सडक दुर्घटनाले म स्तव्ध भएको छु। दुर्घटनामा ज्यान गुमाउनेप्रति श्रद्धाञ्जलि अर्पण गर्दै शोक सन्तप्त परिवारप्रति समवेदना प्रकट गर्दछु। दुर्घटनामा मृत्यु भएका मृतकका परिवारलाई उचित राहत र घाइतेको उद्दार एवं निशुल्क उपचार सरकारले गर्नेछ।’

‘सडक दुर्घटना न्यूनीकरणका लागि सार्वजनिक–निजी सवारी साधनको नियमित परीक्षण एवं मर्मत गर्न, क्षमताभन्दा बढी यात्रु नराख्न र सुरक्षाका सबै मापदण्डहरू अपनाउन पनि म सम्बन्धित सबैको ध्यानाकर्षण गराउँदछु,’ प्रधानमन्त्री देउवाले उल्लेख गरेका छन्।

नेपालदीपमा प्रकाशित सामग्रीबारे तपाईको गुनासो, सुझाव तथा सुचना भए हामीलाई [email protected] मा पठाउनु होला ।

प्रतिक्रिया
सम्बन्धित समाचार

ताजा अपडेट