बिहिबार, कार्तिक ११ २०७८

कोरोना अपडेट : ६ सय ६५ जनामा कोरोना संक्रमण, ४ को मृत्यु


  • नेपालदीप
  • बुधबार, असोज २७ २०७८
703
SHARES

काठमाडौं। ५ हजार ५९४ नमूना परीक्षणमा ६ सय ६५ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ। पछिल्लो २४ घन्टामा ३ हजार ६७१ नमूनाको पीसीआर र १ हजार ९२३ नमूनाको एन्टिजेन विधिबाट परीक्षण गरिएको थियो। जसमध्ये पीसीआर विधिबाट ३२६ र एन्टिजेन विधिबाट ३९ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा कोरोनाबाट थप ४० जनाको मृत्यु भएको छ। योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार २६१ पुगेको हो। मन्त्रालयका अनुसार आइतबार थप ६ सय ९ जना कोरोनामुक्त भएका छन्।

कोरोनाका सक्रिय संक्रमितको संख्या १४२६७ पुगेको छ। मन्त्रालयका अनुसार संक्रमित १०७ जनाको भेन्टिलेटरमा र ३१५ जनाको आइसीयूमा उपचार भइरहेको छ। पछिल्लो २४ घन्टामा २२ हजार २७५ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन्।

नेपालदीपमा प्रकाशित सामग्रीबारे तपाईको गुनासो, सुझाव तथा सुचना भए हामीलाई [email protected] मा पठाउनु होला ।

प्रतिक्रिया
सम्बन्धित समाचार

ताजा अपडेट