बिहिबार, कार्तिक ११ २०७८

साफ च्याम्पियनशिपपछि मुख्य प्रशिक्षक अलमुताइरीले राष्ट्रिय टिम छाड्ने


  • नेपालदीप
  • बुधबार, असोज २७ २०७८
741
SHARES

काठमाडौँ। नेपाली फुटबल राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले राजीनामा दिने भएका छन् । उनले साफ च्याम्पियनशिपको फाइनलपछि राजीनामा दिने घोषणा गरेका हुन् ।

आज बङ्गलादेशसँगको खेलपछि भएको पत्रकार सम्मेलनमा अलमुताइरीले नेपाली टोलीको मुख्य प्रशिक्षकको रूपमा यो नै आफ्नो अन्तिम खेल हुने बताएका हुन् । उनी माल्दिभ्सबाट सिधै कुवेत जानेछन् ।

यसअघि अखिल नेपाल फुटबल सङ्घ (एन्फा) का पदाधिकारीसँग विवाद भएपछि अलमुताइरीले फेसबुकमार्फत राजीनामाको घोषणा गरेका थिए । तर पछि यो विषय सेलाएको थियो ।

नेपालदीपमा प्रकाशित सामग्रीबारे तपाईको गुनासो, सुझाव तथा सुचना भए हामीलाई [email protected] मा पठाउनु होला ।

प्रतिक्रिया
सम्बन्धित समाचार

ताजा अपडेट