बुधबार, मंसिर १५ २०७८

केही दिन मेघ गर्जन र चट्याङ सहित वर्षा हुने



  • नेपालदीप
  • शनिबार, असोज ३० २०७८
2K
SHARES

काठमाडौं। आजदेखि केही दिन देशभरको मौसम बदली हुने अनुमान जल तथा मौसम विज्ञान विभागले गरेको छ ।

मौसम पूर्वानुमान महाशाखाले जारी गरेको बुलेटिनअनुसार भारत आन्ध्रप्रदेश र उडिसाको तटीय क्षेत्रमा न्यून चापीय रेखा र पश्चिमी वायु प्रणालीको संयुक्त प्रभावका कारण नेपालमा पनि मौसम बदली हुने सम्भावना देखिएको हो ।

त्यसको खास प्रभाव आइतबारदेखि देखिन थाल्ने महाशाखाको पूर्वानुमान छ । नेपालभर उक्त वायुले हल्कादेखि मध्यम वर्षात् गराउने अनुमान छ । मेघ गर्जन, चट्याङ र हावाहुरी पनि गराउन सक्ने भएकाले महाशाखाले सबैमा सतर्कताका लागि आग्रह गरेको छ । हिमाली भूभागमा हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

नेपालदीपमा प्रकाशित सामग्रीबारे तपाईको गुनासो, सुझाव तथा सुचना भए हामीलाई [email protected] मा पठाउनु होला ।

प्रतिक्रिया
सम्बन्धित समाचार

ताजा अपडेट