सोमबार, मंसिर १३ २०७८

अक्षय कुमारले ‘गोरखा’ मा काम गर्ने



  • नेपालदीप
  • शनिबार, असोज ३० २०७८
1.9K
SHARES

बलिउड नायक अक्षर कुमारले फिल्म ‘गोरखा’ मा काम गर्ने भएका छन् । आनन्द एल रायले बनाउने सो फिल्मको पोस्टर सार्वजनिक भएको छ ।

यो फिल्म वास्तविक कथामा आधारित हुने बताइएको छ । गोर्खा रेजिमेन्टका मेजर जेनरल इयान कार्डोजोको जीवनीमा आधारित यो फिल्मको पोस्टर शुक्रबार सार्वजनिक भएको हो ।

सन् १९६२ को सीनो-इन्डियन लडाईं, १९६५ लडाईंमा लडेका कार्डोजो  पाकिस्तानविरुद्धको १९७१ को लडाईंका लागि परिचित छन् ।

यो फिल्मलाई चर्चित निर्देशक सञ्जय पुरन सिंह चौहानले निर्देशन गर्ने र कलर येलोको ब्यानरमा यो फिल्म बन्नेछ छ।

नेपालदीपमा प्रकाशित सामग्रीबारे तपाईको गुनासो, सुझाव तथा सुचना भए हामीलाई [email protected] मा पठाउनु होला ।

प्रतिक्रिया
सम्बन्धित समाचार

ताजा अपडेट