सोमबार, मंसिर १३ २०७८

छुरा प्रहार गरी बेलायमा सांसदको हत्या



  • नेपालदीप
  • शनिबार, असोज ३० २०७८
1.9K
SHARES

लन्डन। बेलायतमा कन्जर्भेटिभ पार्टीका सांसद सर डेभिड अमेसको छुरा प्रहार गरी हत्या गरिएको छ । प्रहरीले उक्त घटनालाई आतंकवादी आक्रमणको संज्ञा दिएको छ ।

साउथेन्ड वेस्टका सांसद डेभिडमाथि स्थानीय चर्चमा मानिसहरूसँग कुरा गर्दै गर्दा एक २५ वर्षका युवकले छुरा प्रहार गरेका थिए । उनको घटनास्थलमै मृत्यु भएको थियो ।

प्रहरीका अनुसार ती युवक इस्लामिक अतिवादी गतिविधिमा संलग्न रहेको शंका छ । उनी सोमालियाबाट आएका बेलायती नागरिक रहेको खुलेको छ ।

सांसद डेभिडको हत्यापछि बेलायती गृहमन्त्री प्रिति पटेलले सांसदहरूको सुरक्षा व्यवस्था कडा बनाउन प्रहरीलाई निर्देशन दिएकी छन् ।

नेपालदीपमा प्रकाशित सामग्रीबारे तपाईको गुनासो, सुझाव तथा सुचना भए हामीलाई [email protected] मा पठाउनु होला ।

प्रतिक्रिया
सम्बन्धित समाचार

ताजा अपडेट