सोमबार, मंसिर १३ २०७८

साफ फाइनलः दुई मिनेटको अन्तरालमा नेपालमाथि भारतकाे दुई गाेल



  • नेपालदीप
  • शनिबार, असोज ३० २०७८
1.5K
SHARES

काठमाडौं। साफ च्याम्पियनसिपको फाइनलमा भारतले नेपालविरुद्ध दुई मिनेटको अन्तरालमा दुई गोल गरेको छ। माल्दिभ्समा जारी प्रतियोगिताको पहिलो पटक फाइनलमा पुगेको नेपालविरुद्ध भारतले ४९औं र ५०औ मिनेटमा लगातार गोल गरेको हो।

पहिलो हाफमा दुवै टोलीले गोल गर्न सकेका थिएनन्। मालेस्थित नेसनल स्टेडियममा जारी खेलको दोश्रो हाफमा ४९औं मिनेटमा भारतीय कप्तान सुनील क्षेत्रीले हेडरमार्फत गोल गरेका थिए। त्यसको एक मिनेट नबित्दै भारतीय मिडफिल्डर सुरेष वाङ्जामले गोल गर्दै भारतको अग्रता दोब्बर पारेका हुन्।

नेपालदीपमा प्रकाशित सामग्रीबारे तपाईको गुनासो, सुझाव तथा सुचना भए हामीलाई [email protected] मा पठाउनु होला ।

प्रतिक्रिया
सम्बन्धित समाचार

ताजा अपडेट