आइतबार, मंसिर १२ २०७८

साफ फाइनल: भारत सामु नेपाल निरिह, ३-० गोल अन्तरले पराजित



  • नेपालदीप
  • शनिबार, असोज ३० २०७८
2.4K
SHARES

काठमाडौँ। साफ च्याम्पियनसिप फुटबलको उपाधिको लागि भएको नेपाल र भारत बीचको भिडन्तमा भारत विजयी भएको छ। भारतले नेपाल माथि ३-० को नतिजा निकाल्न सफल भएको हो।

फाइनलमा भारतले नेपालविरुद्ध दुई मिनेटको अन्तरालमा दुई गोल गरेको छ। माल्दिभ्समा जारी प्रतियोगिताको पहिलो पटक फाइनलमा पुगेको नेपालविरुद्ध भारतले ४९औं र ५०औ मिनेटमा लगातार गोल गरेको हो।

पहिलो हाफमा दुवै टोलीले गोल गर्न सकेका थिएनन्। मालेस्थित नेसनल स्टेडियममा जारी खेलको दोश्रो हाफमा ४९औं मिनेटमा भारतीय कप्तान सुनील क्षेत्रीले हेडरमार्फत गोल गरेका थिए। त्यसको एक मिनेट नबित्दै भारतीय मिडफिल्डर सुरेष वाङ्जामले गोल गर्दै भारतको अग्रता दोब्बर पारेका हुन्।

त्यस्तै खेलको अन्तिममा भारतले आफ्नो अग्रता तेब्बर पारेको थियो। दोस्रो हाफमा लगातार गोलका लागि आक्रमण गरेको भारतका लागि तेस्रो गोल सहाल समादले इन्जुरी समयमा गरेका थिए। भारत नेपाल माथि सुरुवात देखि नै हाबी देखिएको थियो।

समूह चरणका दुई खेलमा पहेँलो कार्डको सामना गरेका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरी र फरवार्ड अञ्जन विष्ट भने स्ट्यान्डमा बसेर आजको खेल हेरेका थिए।

नेपालदीपमा प्रकाशित सामग्रीबारे तपाईको गुनासो, सुझाव तथा सुचना भए हामीलाई [email protected] मा पठाउनु होला ।

प्रतिक्रिया
सम्बन्धित समाचार

ताजा अपडेट